सरकार र राखेपलाई किरण चेम्जोङको खुलापत्र- खेलाडी सधैँ काठमाडौंको धुलोमा, तपाईंहरू चाहिँ चिल्लो गाडीमा ?


काठमाडौं, असाेज २७ । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जाेङले सरकार र खेलकुद परिषद्लाई खुलापत्र लेखेका छन्। फेसबुकमार्फत् उनले खुलापत्र लेखेका हुन्। 

यस्ताे छ उनले लेखेकाे खुलापत्र

आदरणीय राष्ट्रिय खेलकुद परिषद तथा सम्माननीय सरकारलाई म सानो खुला पत्र लेख्न चाहन्छु।

म नेपाली राष्ट्रिय फुटबल टोलीको तर्फबाट कप्तान किरण चेम्जोङ आफ्नो व्यक्तिगत तर्फबाट र अखिल नेपाल फुटबल संघ (एन्फा)को तर्फबाट सरकारलाई के सम्झाउन चाहन्छु भने फुटबल मात्रै नभएर आवश्यक मापदण्ड पूरा गरी सम्पूर्ण खेलकुद पूर्ण रूपमा सुचारु गर्न हजुरहरूलाई अनुरोध गर्दछु।

किन एकान दुकान गर्दै हुनुहुन्छ के खेलाडी सधै मर्म मै पर्ने र मर्ने हो भने तपाईंहरूले सम्बन्धित निकायमा बसेको के अर्थ रह्यो र?
खेलाडी चाहिँ सधैँ काठमाडौंको धुलोमा, तपाईंहरू चाहिँ चिल्लो गाडीमा?

नेपालको खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्का मान्य ज्यूहरू र नेपाल सरकारले  सायद बिर्सिनु भयो होला देशको नाम खेलकुद र खेलाडीले चिनाउने गरेका छन्।

तर, यतिका महिना खेलाडी खेलकुद कुन दुर्दशामा छ भने एउटा भनक पनि चासोको विषय नबनाको देख्दा फुटबलमा भबिष्य खोज्ने भाइ/बहिनीहरूमा कतिको असर परेको छ भने कुरा खुल्स्त रूपमा देखिन सकिन छ। 

सम्पूर्ण देशमा फुटबल सुरु भइ सक्दा पनि हाम्रो  देशमा खेलकुदको विषयमा बोली दिने मान्छे भएन। खेलाडीका लागि मात्र होइन खेलकुद  लागि  पनि बोलिदिने मान्छे भएन।

सबै देशमा फुटबल सुरु भैसक्दा पनि हाम्रो देशमा खेलमैदानको लागि दु:खद घडीमा बनाको रंगशालामा फिलिमको  सुटिङ म्युजिक भिडिओको लागि प्रवेश खुला हुने। फुटबलका लागि खेल्न चै किन न हुने फुटबलले देशका लागि त्यति ठूलो असर पार्छ र ? अबका दिनमा सम्पूर्ण  खेलमैदानमा खेल सुचारु  गर्दिन अनुरोध गर्दछु । 

आखिर कहिलेसम नेपाली फुटबलको लोकदोहोरी फेसबुकमा हेरेर बस्ने हामीले ,नेपाली  फुटबलको विकासका लागि कसैले केही गरिर्हेको देखिनँ। फुटबल खेलाडीले खेल्न बिर्सिसके सरकार, फुटबल राजनीति जस्तो होइन बोलेर मख्ख पर्न। फुटबलमा हात खुट्टाले दिमाग् लगाएर खेल्ने गरिन्छ। चिलो गाडीमा बसेर गफ लगाए जस्तो सजिलो हुन्न। दुइटा खुट्टा चलाएर घरपरिवार हेर्नु पर्ने हुन्छ। 

७ महिनादेखि बेरोजगार भएका खेलाडीको  क्षतिपूर्ति कसले दिन्छ।  जुन खेलाडी खेलेर नै जीविका चलाउँथ्याे  ऊ त आजभोलि खेलमैदान छोडेर  विदेश पो जाँदैछ त लाज हुने कुरा होइन यो खेलाडी खेलकुद र राजयको मान्य ज्यू।  जय देश । जय देश।  जय नेपाली फुटबल।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope