लोकसेवाको विवादास्पद मापदण्ड, तत्काल खारेज गर्न माग


काठमाडौं, असोज २८ । लोकसेवा आयोगले भर्खरै ल्याएको परीक्षासम्बन्धी नयाँ मापदण्डले कोरोना संक्रमित परीक्षार्थीहरुलाई परीक्षा दिन वञ्चित गरेको छ ।

आयोगले संक्रमण फैलन नदिन र परीक्षाको नियमितताका लागि मापदण्ड बनाएको भनेपनि संक्रमितलाई अपराधीजस्तै व्यवहार गर्ने मापदण्डले बनाएको छ ।

वैशाखदेखि रोकिएको परीक्षा सञ्चालन गर्न सरकारबाट सहमति पाएपछि आयोगले मापदण्ड बनाएपनि कानुनविद्हरु संविधानको मर्मविपरीत संवैधानिक आयोगले ल्याएको मापदण्ड तत्काल खारेज गर्न माग गर्छन् ।

लोकसेवा आयोगले विवादास्पद निर्णय गर्दै महामारीको समयमा कोरोना संक्रमित परीक्षार्थीका लागि परीक्षामा बस्न नदिने भएको छ ।

आयोगले ‘संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन)सम्बन्धी मापदण्ड, २०७७’ जारी गर्दै संविधानको मर्मविपरीतको नजिर बसाउन खोजेको छ ।

मापदण्डको बुँदा नम्बर-८ मा संक्रमित परीक्षार्थीले परीक्षा केन्द्रमा प्रवेश गर्न प्रतिबन्ध लाग्ने भनिएको छ ।

बुँदा नम्बर-८ मा परीक्षार्थी आफू कोभिड–१९ को संक्रमणबाट संक्रमित भए/नभएको स्वयंले घोषणा गर्नुपर्नेछ । संक्रमित परीक्षार्थीले परीक्षा केन्द्रमा प्रवेश गर्न हुने छैन भनी उल्लख गरिएको छ ।

यस्तै, २ मा आयोगबाट सञ्चालन हुने प्रयोगात्मक/सीप परीक्षणसम्बन्धी परीक्षा, अन्तर्वार्ता, सामूहिक छलफल, प्रस्तुतिकरणलगायतका कार्य सञ्चालन गर्दासमेत स्वास्थ्य सुरक्षासँग सम्बन्धित विषयमा मापदण्डको पालना गर्नुपर्ने उल्लेख छ ।

आयोगले परीक्षार्थीहरुको संवैधानिक अधिकारलाई कुल्चिएर विकल्पविहीन बनाइदिएको छ ।

संक्रमण फैलन नदिन र संक्रमणकै कारण परीक्षा सञ्चालनमा समस्या नहोस् भनेर यस्तो व्यस्था गरिएको आयोगको तर्क छ ।

आयोगमा शाखा अधिकृतका लागि पहिलो चरण पास गरेका तीन हजार परीक्षार्थी छन् । यस्तै, सहसचिवका लागि २५ जना छन् ।

आयोगले लिने नायब सुब्बा र खरिदारका लागि पाँच हजारभन्दा बढीले परीक्षाको तयारी गरिरहेका छन् ।

आयोगले आफ्नो सहजताका लागि कोरोना संक्रमित परीक्षार्थीलाई अपराधीसरह व्यवहार गर्न मिल्दैन । इन्टरनेट वा अन्य वैकल्पिक माध्यामबाट भएपनि परीक्षाको व्यवस्था गर्नुपर्ने देखिन्छ ।

वैकल्पिक व्यवस्था गरेर एकरुपता कायम गर्दै सबैलाई परीक्षा दिने वातावरण आयोगले बनाउनुपर्दछ । संक्रमितहरुलाई छुट्टै कोठा अथवा सम्भव भए अनलाइनमार्फत् परीक्षा गर्ने व्यवस्था गर्न जरुरी छ ।

आयोगले आफ्नो सहजताको नाममा मनलाग्दी मापदण्ड ल्याएर उमेर हदबन्दीका कारण अन्तिम मौका भएका परीक्षार्थीसहित हजारौं अन्य परीक्षार्थीको भविष्यमा खेलबाड गर्न उपयुक्त छैन ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope