काठमाडौं, असोज २९ । विश्व बैकले कोरोना भाइरसविरुद्धको खोप विकास तथा वितरण अभियानमा सघाउन १२ विलियन अमेरिकी डलर सहयोगको प्रस्ताव पारित गरेको छ ।

विश्वका कमजोर अर्थतन्त्र भएका मुलुकहरुलाई कोरोनाविरुद्धको खोप खरिद तथा वितरण गर्न सहयोग गर्नेगरी विश्व बैंकले उक्त बजेट पारित गरेको हो ।

बैंकले जारी गरेको एक विज्ञप्तीमा कोरोनाविरुद्धको बृहत अभियान ‘विश्व बैंक गु्रप प्याकेज’को एक सय ६० विलियन डलरअन्तरगत नै तत्कालका लागि १२ विलियन डलरको योजना घोषणा गरिएको जनाइएको छ ।

विश्व बैंकले आफ्नो विज्ञप्तीमा यो सहयोग विश्व स्वास्थ्य संगठनले नेतृत्व गरेको ‘कोभ्याक्स’ योजना अन्तरगत खर्च गरिने पनि प्रष्ट पारेको छ ।

गरिब मुलुकमै कोरोना भाइरसविरुद्धको खोपको अनुसन्धान गर्ने तथा खोपमा उनीहरुको पहुँच बढाउने लक्षमा पनि पछिल्लो बजेट विनियोजन केन्द्रित रहेको पनि विश्व बैंकले जनाएको छ ।

‘कोभ्याक्स’ योजना विश्व स्वास्थ्य संगठनको नेतृत्वमा विश्वभरका एक सय ११ कमजोर अर्थतन्त्र भएका मुलुकलाई कोरोनाविरुद्धको खोप खरिद र वितरण गर्न सहयोग गर्नेगरी ल्याइएको हो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.