ट्रम्पको कान्छो छोरा कोरोना भाइरसबाट संक्रमित भएको खुलासा


एजेन्सी, असोज २९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छो छोरा ब्यारन ट्रम्प कोरोना भाइरसबाट संक्रमित भएको खुलेको छ ।

प्रथम महिला मिलानिया ट्रम्पले १४ वर्षका छोरा ब्यारन कोरोना संक्रमित भएको खुलाएकी हुन् ।

कोरोना भाइरसबाट संक्रमित भएका ब्यारन अहिले संक्रमण मुक्त भइसकेको अमेरिकी सञ्चारमाध्यमले बताएका छन् । ब्यारन संक्रमित भएको खबर अहिलेसम्म लुकाइएको थियो ।

प्रथम महिला मिलानियाले ब्यारन संक्रमित भएपछि आफ्नो त्रास यथार्थमा परिणत भएको उल्लेख गरेकी छन् । उनले भनेकी छन्, ‘तर उ बलियो किशोर हो र कुनै लक्षण देखिएन ।’

राष्ट्रपति ट्रम्प र प्रथम महिला मिलानियासहित ह्वाइट हाउसका उच्च अधिकारीहरु कोरोना भाइरसबाट संक्रमित भएका थिए । ट्रम्प र मिलानिया संक्रमण मुक्त भएका छन् ।

चुनावी अभियानका लागि बुधबार आयोवा जाने बेला ट्रम्पले पत्रकारसँग आफ्नो कान्छो छोराले राम्रो गरिरहेको बताएका थिए ।

सेप्टेम्बर २६ मा ह्वाइट हाउसमा सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश एमी कोनी ब्यारेटको नाम घोषणा गर्ने कार्यक्रमबाट ह्वाइट हाउसका उच्च अधिकारीमा संक्रमण फैलिएको अनुमान छ ।

अमेरिकामा ७८ लाख भन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । अहिलेसम्म दुई लाख १६ हजार भन्दा बढीको मृत्यु भएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope