एजेन्सी, असोज २९ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्स युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।
दुबईमा बुधबार राति भएको खेलमा राजस्थान रोयल्सलाई १३ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ६२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४८ रन मात्र बनाउन सक्यो ।
राजस्थानका लागि बेन स्टोक्सले ४१ रन जोड्दा रोबिन उथप्पाले ३२ रन बनाए ।
यस्तै सन्जु सामसनले २५ तथा जोस बट्लरले २२ रन बनाए । राहुल टेवाटिया १४ रनमा अविजित रहे ।
दिल्लीका लागि एन्रीच नोर्ट्जे र टुसार देशपाण्डेले २/२ विकेट लिए । यस्तै कागिसो राबडा, अक्षर पटेल र रविचन्द्र आश्विनले एक एक विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो ।
दिल्लीका लागि शिखर धवन र कप्तान श्रेयस आयरले अर्धशतकीय इनिङ्स खेले । धवनले ५७ रनको इनिङ्स खेल्दा आयरले ५३ रन बनाए ।
यस्तै मार्कुस स्टोनिसले १८ रन जोड्दा एलेक्स केरीले १४ रन बनाए । पृथ्वी श सुन्य रनमा आउट हुँदा अजिंका रहानेले २ रन बनाए ।
दिल्लीले सन्दीपलाई भने खेलाएको थिएन । तेस्रो पटक आईपीएल खेलिरहेका सन्दीप लगातार आठौं खेलमा प्लेईङ सेटमा नपरेका हुन् ।
राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिए । जयदेव उनाकडले २ विकेट लिदा श्रेयस गोपाल र कार्तिक त्यागीले १/१ विकेट लिए ।
जितसँगै शीर्ष स्थानमा उक्लिएको दिल्लीले ८ खेलमा १२ अंक जोडेको छ । दिल्लीको यो छैटौं जित हो ।
पुछारबाट दोस्रो स्थानमा रहेको राजस्थानको भने यो पाँचौ हार हो । राजस्थानले ८ खेलमा ६ अंक जोडेको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com