सवारी साधनमा तोकेभन्दा दोब्बर भाडा असुली, स्वास्थ्य मापदण्ड पनि पालना भएन


काठमाडाैं, असाेज ३० । सरकारले तोकेको भाडा दरभन्दा दोब्बर भाडा असुल्ने र कोरोना भाइरसको स्वास्थ्य मापदण्ड पनि कार्यान्वयन नगरेका लामो तथा मध्यम दूरीका यातायातका साधनलाई कारबाही गरिएको छ ।

यातायात व्यवस्था विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौंको संयुक्त टोलीले बिहीबार कलङ्कीमा अनुगमन गरी कारबाही गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टका अनुसार अधिकांश सार्वजनिक यातायातले तोकेको भाडा दरभन्दा बढी भाडा लिएको, सामाजिक दूरी कायम हुनेगरी सिट क्षमताभन्दा आधा यात्रु राख्नुपर्नेमा पूर्ण रूपमा यात्रु राखेको, स्वास्थ्य मापदण्ड पालना नगरेको पाइएको छ । कलङ्की अनुगमनमा पुगेका भट्टले भने, ‘अधिकांशले बढी भाडा लिएका छन् ।

माइक्रोबसले टिकट नै नदिएर पैसा उठाएका छन् । स्वास्थ्य प्रोटोकल कायम छैन । जति पनि यात्रु राखेको पाइयो, तिनीहरूलाई कारबाही हुन्छ ।’

बिहीबार कलङ्कीमा २ः०० देखि ४ः०० बजेसम्म अनुगमन गरिएको थियो । १७ वटा सार्वजनिक यातायातलाई अनुगमन गर्दा सबैले कुनैले पनि मापदण्ड पूरा नगरेको र भाडा मनलाग्दी उठाएको पाइएको हो ।

नेपाल यातायात व्यवसायी राष्टिय महासङ्घले तोकेको भाडाभन्दा बढी लिन नपाइने तर केहीले आफूखुसी गरिरहेको बताएको छ। महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरले भने, ‘बढी भाडा लिन पाइँदैन, कानुन सबैले मान्नुपर्छ ।

कानुन उल्लङ्घन गर्नेलाई कारबाही हुन्छ तर यातायात व्यवसायमा अन्योल देखिएको छ । मन्त्रिपरिषद्को निर्णयले भाडा घटायो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope