स्वास्थ्यकर्मी अभाव भएपछि सरकारकाे नयाँ नीति : कोभिड पाेजिटिभ वा लक्षण देखिएमात्र क्वारेन्टिनमा बस्न पाइने


काठमाडौं, असाेज ३० । स्वास्थ्यकर्मीले अब कोभिड-१९ को लक्षण देखिए वा संक्रमित भएमात्र क्वारेन्टिन वा आइसोलेसनमा बस्नुपर्ने भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीलाई कोरोना पोजिटिभ देखिए वा लक्षण देखिए मात्र आइसोलेसन वा क्वारेन्टिनमा बस्ने नीति लिएको हो।
  
संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीको अभाव हुन थालेपछि सरकारले यस्तो नीति लिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय निर्णयबाट स्वास्थ्यकर्मी क्वारेन्टिन बस्ने नयाँ व्यवस्था गरिएको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख डा. समीरकुमार अधिकारीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
 
यसअघि सरकारी कोभिड अस्पतालमा १५ दिन उपचारमा संलग्न भएपछि १५ दिन क्वारेन्टिनमा बस्ने व्यवस्था गरिएको थियो।

त्यस्तै संक्रमितको क्लोज कन्ट्याक्टमा भएकाहरु पनि क्वारेन्टिनमा बस्ने गरेका थिए। तर, अब लक्षण देखिए वा संक्रमण भएको अवस्थामा मात्र क्वारेन्टिन वा आइसोलेनसमा बस्नुपर्नेछ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope