३ ओटा कम्पनीले नेपालमा रेम्डेसिभिर औषधि आयात तथा विक्री वितरण गर्न पाए अनुमति

१ कार्तिक २०७७, शनिबार ०५:१६

काठमाडौं, कात्तिक १ । सरकारले कोरोना भाइरस (कोभिड– १९) को उपचारमा प्रयोग हुने रेम्डेसिभिर औषधि आयात तथा विक्री वितरण गर्न तीन ओटा कम्पनीलाई अनुमति दिएको छ ।     

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले औषधी व्यवस्था विभागबाट अनुमति पाउनेमा दुई  ओटा नेपाली र एक भारतीय कम्पनी छन् ।     

उनका अनुसार नेपालका दुई ओटा कम्पनी यती फार्माकेम डिस्ट्रिब्युटर्स प्राइभेट लिमिटेड ललितपुर, सिनर्जी ओभरसिज प्राइभेट लिमिटेड काठमाडौं र भारतको हेट्रो ल्याब्स लिमिटेडलाई रेम्डेसिभिर आयात तथा विक्री वितरणका लागि अनुमति दिइएको छ ।     

नेपालमा कोभिड– १९ को उपचारका लागि अहिलेसम्म कुनै पनि औषधि नभएको सन्दर्भमा नेपालले पनि अनुसन्धानात्मक प्रयोजनका लागि रेम्डिेसिभिर नामक औषधि प्रयोगमा ल्याएको छ ।  

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.