काठमाडाैं, कात्तिक २ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च रक्तचापका बिरामीहरुलाई थप सावधानी अपनाउन आग्रह गरेको छ।
उच्च रक्तचापका बिरामीमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च हुने भन्दै मन्त्रालयले भएकाले सावधानी अपनाउन आग्रह गरेको हो।
विश्व उच्च रक्तचाप दिवसको अवसरमा मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठले नियमित रुपमा रक्तचापको परीक्षण गराउन आवश्यक रहेको बताए। नियमित जाँच गराउँदा रक्तचापले निम्त्याउने जटिलताबाट बच्न सकिने उनले बताए।
उच्च रक्तचाप मृत्युको प्रमुख कारण बनेको भन्दै श्रेष्ठले भने, ‘अहिले बदलिएको जीवनशैली, खानपिन र निष्क्रिय दैनिकीका कारण रक्तचापको समस्या बढिरहेको छ। त्यसैले नियमित जाँच गराए यसले निम्त्याउने जटिलताबाट बच्न सकिन्छ।’
नेपालमा २४ दशमलव ५ प्रतिशतलाई उच्च रक्तचापको समस्या रहेको मन्त्रालयको तथ्यांक छ। ६० प्रतिशत मानिसले जीवनको कुनै समयमा रक्तचापको जाँच गराएका छन् भने ४० प्रतिशतले अहिलेसम्म जाँच नगराएको श्रेष्ठले जानकारी दिए।
उच्च रक्तचापका ९ दशमलव ५ प्रतिशतले मात्र नियमित औषधि खाने गरेको मन्त्रालयले जनाएको छ। दैनिक ५ ग्राम मात्र नुनको सेवन गर्नुपर्नेमा ९ दशमलव ५ प्रतिशत ग्राम नुनको सेवन भइरहेको श्रेष्ठले बताए।
उच्च रक्तचापले मस्तिष्कघात, ह्रदयघात हुनेदेखि लिएर आँखा तथा मिर्गौलामा असर गर्ने उनले जानकारी दिए। सुर्तिजन्य तथा मदिराजन्य पदार्थको सेवन नगर्न र जीवनशैलीमा परिवर्तन गरे उच्च रक्तचापको समस्याबाट बच्न सकिन्छ। ४० वर्ष उमेर माथिका व्यक्तिले नियमित रुपमा रक्तचापको परीक्षण गराउन मन्त्रालयको आग्रह छ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com