दशैंमा ३ दिनबाहेक नियमित कोरोना परीक्षण गर्न प्रयोगशालाहरुलाई निर्देशन

२ कार्तिक २०७७, आईतवार १७:१७

काठमाडाैं, कात्तिक २ । कोरोना परीक्षण गर्ने प्रयोगशालाहरुलाई दशैंका तीन दिनबाहेक नियमित सेवा सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ । 

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले दशैको नवमी, दशमी र एकादशीबाहेका अन्य दिन प्रयोगशालाहरुले  नियमित कोरोना परीक्षण गनुपर्ने बताएका छन् । 

उनका अनुसार यी तीन दिनमा पनि परीक्षणको चाप भएमा भने परीक्षणलाई नियमित गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.