साताको पहिलो दिन नेप्सेमा ५ अंकको गिरावट, कारोबार १२५ करोडमा सीमित


काठमाडाैं, कात्तिक २ । दुई समूहबाहेक सबैजसो समूह ओरालो लागेको दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ।

साताको पहिलो कारोबार दिनमा अधिकांश समूह गिरावट आउँदा नेप्से परिसूचक ५.६६ अंकले घटेको हो। कारोबार खुलेदेखि नै घट्न थालेको नेप्से परिसूचक कारोबार बन्द हुने समयमा एक हजार ५५६ अंकमा आएर बन्द भएको छ।

यस क्रममा ४३ लाख ५२ हजार कित्ता सेयर किनबेच भई एक अर्ब २५ करोड २७ लाख रूपैयाँ बराबरको कारोबार भएको छ। आज कारोबार भएका १२ मध्ये व्यापार १३.२ अंक र निर्जीवन बीमा कम्पनी समूह ३१.५८ अंकले सुधार आएको छ।

यी दुईबाहेक अन्य १० समूह आज घटेका छन्। त्यसमध्ये विकास बैंक समूह २९.१९ अंकले गिरावट आएको छ। यस्तै, जीवन बीमा समूह १८.९८ अंक र उत्पादनमूलक समूह १४.४२ अंकले घटेको छ। परिसूचक घटे पनि आज जनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३६ रूपैयाँले बढेको छ।

गत साताको बिहीबार नेप्से १.२९ अंकले बढेर १४२ करोड रूपैयाँको कारोबार भएको थियो।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope