हुवाबेद्वारा अल–सिनारियो इन्टेलिजेन्ट कनेक्टिभिटी सोलुसन सुरु

एजेन्सी, कात्तिक २ । हुवाबेले चीनको बेइजिङमा छैटौं अल्ट्रा–ब्रोडब्यान्ड फोरम–२०२० (यूबीबीएफ) को अनलाइन सञ्चालन गरेको छ ।
‘इन्टेलिजेन्ट कनेक्टिभिटी, न्यू भ्यालु टुगेदर’ विषयवस्तुमा रहेर यस वर्षको यूबीबीएफले कनेक्टिभिटी उद्योगले सामना गरिरहेका चुनौती र अवसरबारे छलफल चलाएको हो ।
कार्यक्रममा हुवाबेका कार्यकारी निर्देशक तथा लगानी समीक्षा बोर्डका अध्यक्ष डेभिड वाङले ‘इन्टेलिजेन्ट संसारका लागि इन्टेलिजेन्ट कनेक्टिभिटीको निर्माण’ शीर्षकबारे जानकारी गराएका थिए । वाङले उद्योगहरूको डिजिटल रूपान्तरणको प्रक्रियालाई तीव्रता दिने बताए ।
हुवाबेका कार्यकारी निर्देशक डेभिड वाङले अल–सिनारियो इन्टेलिजेन्ट कनेक्टिभिटी सोलुसन्सको सुरुआत गर्दै कनेक्टिभिटी उद्योगले देखेको पाँच रोमाञ्चक परिवर्तनबारे प्रकाश पारेका थिए । कनेक्टिभिटिको प्रत्येक अपग्रेडले समाजलाई मौलिक रूपमा परिवर्तन गरेको र व्यक्ति, घर एवं उद्यमहरूले पहिलेभन्दा कनेक्टिभिटीमा नयाँ प्रविधि ल्याइरहेको जानकारी उनले दिए ।
पूर्वानुमानका अनुसार २०३५ सम्म विश्वमा एक खर्बको संख्यामा कनेक्सन हुनेछ, जसले सर्वव्यापी कनेक्टिभिटी र व्यापक इन्टेलिजेन्टलाई वास्तविकता बनाउने वाङको भनाइ छ । कोभिड–१९ ले मानिसकोे घरमा ब्रोडब्यान्डको आवश्यकतालाई परिवर्तन गरेको उनले दाबी गरे । कनेक्टिभिटी कार्यालयको सेवा दिन मात्र नभई दुवै कार्यालय र उत्पादन सेवा दिनमा अग्रसर भएको उनको भनाइ छ ।
मल्टिपल एक्सेस प्रविधि जस्तै, सेलुलर, वाईफाई र अप्टिकल फाइबर प्रविधि अनि सेवा परिदृश्यहरूको विविधताले प्रविधिमा फड्को मार्ने संकेत देखिएको वाङले बताए । फोरजी, फाइभजी, वाईफाई र फाइबार प्रविधिले सर्वव्यापी रुपमा गिगावाइट कनेक्टिभिटी प्रदान गर्ने उनले दाबी गरे ।
कार्यक्रममा इन्टेलिजेन्ट युगमा इन्टेलिजेन्ट कनेक्टिभिटीका तीन प्रमुख विशेषता सर्वव्यापी गिगावाइट, डिटर्मिनिस्टिक अनुभव र हाइपर–अटोमेसन रहेको छलफलले निष्कर्ष निकालेको छ । १ सय ७० बढी देश र क्षेत्रमा सन्जाल फैलिएको हुवाबेले विश्वभर तीन अर्ब बढी मानिसलाई सेवा प्रदान गरिरहेको छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस