देशभर थपिए ३०९३ नयाँ संक्रमित, २१०८ जना संक्रमण मुक्त

४ कार्तिक २०७७, मंगलवार १९:१०

काठमाडाैं, कात्तिक ४ ।  कोरोना भाइरसका संक्रमित थपिने क्रम निरन्तर जारी छ । मंगलबार ३ हजार ९३ जना नयाँ संक्रमित थपिएका छन् ।

१३ हजार ८६१ पीसीआर परीक्षण गर्दा ३ हजार ९३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार हालसम्म देशभर कुल संक्रमितको संख्या १ लाख ३९ हजार १३९ पुगेको छ ।

मंगलबार सक्रिय संक्रमिको संख्या ४१ हजार ७७५ पुगेको छ । संस्थागत आइसोलेसनमा १३ हजार ५५९ जना रहेका छन् भने होम आइसोलेसनमा २८ हजार १९६ जना बसेका छन् ।

दैनिक सयौंको संख्यामा संक्रमित थपिँदा सक्रिय संक्रमित राज्यको स्रोतले धान्नै नसक्ने अवस्थामा पुगेका छन् ।

२४ घण्टामा डिस्चार्ज हुनेको संख्या २ हजार १०८ रहेको प्रवक्ता डा. गौतमले जनाए । हालसम्म डिस्चार्ज हुनेको संख्या ९६ हजार ६०९ पुगेको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.