कोरोना कहर: अस्पताल अपुग भएपछि पोल्याण्डमा खेल मैदानलाई अस्पतालमा रुपान्तरण

५ कार्तिक २०७७, बुधबार ०५:५७

एजेन्सी, कात्तिक ५ । कोरोना भाइरसको महामारीका कारण अस्पताल अपुग भएपछि पोल्याण्ड सरकारले खेल मैदानलाई पनि अस्पतालमा रुपान्तरण गरेको छ ।

राजधानी वार्सामा रहेको राष्ट्रिय रंगशालालाई नै अस्थायी अस्पतालमा परिणत गरिएको हो । सो स्थानमा झण्डै पाँच सय विरामीलाई कोठा पुग्नेगरी पुनर्निमाण भइरहेको छ । ती कोठाहरुमा आवश्यकता परेका विरामीलाई अक्सीजन सहितको थेपारीको व्यवस्था हुनेछ । .

अस्पतालका लागि चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मीहरुको पर्याप्त व्यवस्था गर्न भने कठिन देखिएको छ । पोल्याण्डमा अहिले स्वास्थ्यकर्मीहरुको कमी भएको छ । अस्थायी अस्पताल बनाउन लागिएको रंगशालामा ५८ हजार ५०० जना दर्शक बस्न मिल्ने क्षमता छ । युरो २०१२ फुटबल च्याम्पीयनसिप सञ्चालन गर्नका लागि यसको निर्माण गरिएको थियो ।

पोल्याण्डमा केहीदिनमा थप सात हजार ४ सय ८२ संक्रमित थपिएका छन । अहिलेसम्म एक लाख ८३ हजार २ सय ४८ जनामा संक्रमण पुष्टि भएको छ । तीन हजार ६ सय १४ जनाको मृत्यु भएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.