डा. बाबुराम भट्टराईलाई जसपाकाे जिम्मेवारी


काठमाडौं, कात्तिक ५ । डा. बाबुराम भट्टराई जनता समाजवादी पार्टी (जसपा) नेपालको संघीय परिषद् अध्यक्ष बन्नुभएको छ ।

सोमबारदेखि बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीका वरिष्ठ नेता डा. भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाउने निर्णय गरेको हो ।

बैठकपछि मंगलबार पत्रकारहरुसँग कुरा गदै जसपाका नेता गंगानारायण श्रेष्ठले डा. भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउने निर्णय भएको बताउनुभयो ।

यस्तै, बैठकले संघीय परिषद्सँगै ८०१ सदस्यीय केन्द्रीय समितिसमेत गठन गरेको छ ।

त्यस्तै, समग्र पार्टीको समायोजनको निम्ति समायोजन कार्यदलसमेत बनाएको श्रेष्ठले बताउनुभयो ।

त्यसबाहेक विधानलाई परिमार्जन गर्ने र विधानमा आधारित नियमावलीसमेत पारित गर्ने काम बैठकले गरेको छ ।

बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणमा सरकारले उदासीनता देखाएको भन्दै विरोधसमेत गरेको छ ।

यस्तै, पार्टीका सांसदहरुले चाडपर्वमा कुनैपनि भत्ता नलिने र भत्तास्वरुप आउने रकम कोरोनापीडितको उपचारमा खर्च गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

यसबाहेक कैलालीबाट निर्वाचित सांसद रेशम चौधरी लामो समयदेखि जेलमा रहेकाले उहाँको रिहाइ र पार्टीका अन्य नेता कार्यकर्ताहरुसमेत विभिन्न झुटा मुद्दामा थुनामा रहेकोले रिहाइको माग गर्दै देशभर कार्यक्रम गर्ने निर्णयसमेत बैठकले गरेको जनाइएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope