तस्करको आक्रमणबाट ज्यान गुमाएका प्रहरी जवानको शव आफन्तले बुझे

५ कार्तिक २०७७, बुधबार ०६:०६

धनगढी, कात्तिक ५ । धनगढी उपमहानगरपालिका १२ अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको पोष्टमार्टमपछि आफन्तले शव बुझेका छन्।

विभत्स तरिकाले हत्या गरिएका प्रहरी जवान साउदका आफन्तले दोषीलाई कडाभन्दा कडा कारबाही र परिवारले राज्यबाट पाउने सेवा सुविधाको माग अनुसार जिल्ला प्रहरीमा छलफलपछि शव बुझेको मृतक रामबहादुर साउदका भतिजा धनराज साउदले बताए।

उनले पोष्टमार्टम भइसकेको र आजै शव अछाम लिएर धार्मिक संस्कार अनुसार भोलि कैलाश खोलामा दाहसंकार गरिने बताए।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.