विप्लव नेकपाले सरकार विरुद्ध संघर्ष गर्ने

६ कार्तिक २०७७, बिहीबार १०:३३

काठमाडौं, कात्तिक ६ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध संघर्ष गर्नेभएको छ ।

प्रतिबन्धित नेकपाका महासचिव विप्लपले एक विज्ञप्ति जारी गर्दै सरकार विरुद्ध कार्तिक १५ गतेदेखि २० गतेसम्मका लागि संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।

कार्यक्रमअनुसार कात्तिक १५ गते कोणसभा गर्ने, १७ गते पर्चा वितरण गर्ने र २० गते विरोध जुलुस निकाल्ने योजना रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा विप्लवले जनता र राष्ट्रपति सरकार हदैसम्म गैरजिम्मेवार बनेको आरोप लगाएका छन् ।

सरकारका क्रियाकलापले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरु अझै जटिल बन्दै गएको जिकिर गदैै विप्लवले कोरोनाको निःशुल्क परीक्षणबाट पन्छिएर सरकार अमानवीय बनेको आरोप लगाएका छन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.