अन्तर्राष्ट्रिय उडानमा नेपालको लापरवाही : हङकङले लगायो नेपाल एयरलाइन्समाथि दोस्रोपटक प्रतिबन्ध

७ कार्तिक २०७७, शुक्रबार ०६:३९

काठमाडौँ, कात्तिक ७ । हङकङ प्रशासनले नेपाल एयरलाइन्सलाई दोस्रोपटक १४ दिनका लागि उडानमा प्रतिबन्ध लगाएको छ।

यो प्रतिबन्धसँगै नेपाल एयरलाइनसका जहाजले अब नोभेम्वर ४ सम्म हङकङकमा उडान गर्न पाउने छैनन्। 

यसअघि पनि हङकङले नेपाल एयरलाइन्सलाई १४ दिनसम्म प्रतिबन्ध लगाएको थियो।

उक्त प्रतिबन्ध खुलेको चार दिन बित्न नपाउँदै पुनः हङकङले नेपाल एयरलाइन्सलाई दोस्रोपटक १४ दिनको लागि उडानमा प्रतिबन्ध लगाएको हो। 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.