नेपालमा क्लिन फिड लागु हुँदै

७ कार्तिक २०७७, शुक्रबार ०६:०७

काठमाडौं, कात्तिक ७ । नेपालमा क्लिन फिड लागु हुने पक्का भएको छ ।

मन्त्रिपरिषद्को निर्णय सुनाउने क्रममा सरकारका प्रवक्ता पार्वत गुरुङले बिहीबार भोलिदेखि क्लिन फिड प्रसारण हुने स्पष्ट पारेका हुन् ।

अब भोलिदेखि सबै विदेशी च्यानलमा कुनै पनि विज्ञापन देखिने छैनन् । मन्त्री गुरुङले क्लिनफिडको निर्णयलाई ‘ऐतिहासिक निर्णय’ भएको समेत बताए । यसैगरी नेपाली टेलिभिजनहरुमा पनि डविङ गरिएका विदेशी विज्ञापन प्रसारण नहुने गुरुङले बताए ।

क्लिनफिड प्रसारण लागु भए नभएको अनुगमन कार्तिक ८ गतेदेखि नै हुने प्रवक्ता गुरुङले जानकारी दिए । यससँगै विज्ञापन नीतिका बनाउन विज्ञापन बोर्ड गठन भैसकेको पनि मन्त्री गुरुङले बताएका थिए ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.