प्रचण्डको सचिवालय भन्छ: भारतीय गुप्तचर प्रमुख काठमाडौं आएको थाहै छैन !


काठमाडौं, कात्तिक ७ । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डको सचिवालयले प्रचण्डको भेट नभएको बताएको छ ।

गोयलले नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेको भन्ने समाचारहरु प्रकाशित भएको भन्दै दाहालको सचिवालयले एक विज्ञप्ति प्रकाशित गर्दै भेटघाट नभएको जनाएको छ ।

प्रचण्ड निकटका एक नेताले भने, ‘अध्यक्षले भारतीय गुप्तचर प्रमुखलाई भेट्नु न परैजाओस्, उनी काठमाडौं आएकै हुन् कि होइनन् भनेर अहिलेसम्म भेरिफाई गरिरहनुभएको छ । उहाँलाई भारतीय गुप्तचर प्रमुख काठमाडौं आएको थाहै छैन ।’

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले पनि भारतीय गुप्तचरसँग प्रचण्डको भेट नभएको बताएका छन् । पछिल्लो समय भारतसँग सीमा विवाद चर्कंदै गएका बेला नेकपाको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले नै नेपाल सरकारले नक्शा जारी गर्नुपर्ने निर्णय गराएका थिए । पार्टीको सो निर्णयपछि सरकारले नक्सा जारी गरेको थियो । तर, पार्टीभित्र अन्तरविरोध बढ्दै जाँदा ओली पक्षका कार्यकर्ताहरुले प्रचण्डलाई ‘भारतीय दलाल’ समेत भन्ने गरेका थिए ।

‘रअ’का प्रमुख गोयल र ओलीबीच २ घण्टा वार्ता
यता प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग २ घण्टा भेटवार्ता भएको बताईएको छ । बुधबार दिउँसो विशेष विमानमा काठमाडौं आएका प्रमुख गोयलले बुधबार राति नै प्रधानमन्त्री ओलीसँग दुई घण्टा भेटवार्ता गरेको खबर भिडियामा आएको छ । भेटवार्तामा के–के कुराकानी भयो भन्नेबारे भने खुलिसकेको छैन ।

गोयलको गोप्य नेपाल भ्रमण र उनको भेटवार्तालाई लिएर कूटनीतिक र राजनीतिक वृत्तमा अर्थपुर्ण रुपमा हेरिएको छ ।

नेपालमा राजनीतिक हलचल मच्चाएर दिल्ली फर्किए
बुधबार दिउँसो नेपाल आएका गोयलले नेपालमा राजनीतिक हलचल नै मच्चाएर दिल्ली फर्किए । गोयलले क–कसलाई भेटे भन्नेबारे खुलेको छैन । तर, भारतीय गुप्तचर प्रमुख गोयलको टोली विहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखा परेकाले दिल्ली फर्किएको देखिएको छ ।

आईएफबी ६०४५ कल साइनको चार्टर्ड उडानबाट उनीहरु स्वदेश फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा स्रोतको भनाई छ । गोयल नेपाल आएको यो पहिलोपटक भने होइन । उनी यसअघि सन् २०१९ को जुलाईमा आएका थिए । त्यस बेला उनले उच्चस्तरीय भेटघाट गरेका थिए । उनको यसपालिको भ्रमणबारे भारत र नेपाल दुवै पक्षले गोप्य राखेका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope