विद्युत प्राधिकरणलाई मन्त्री पुनको निर्देशन : दसैंका बेला कतै बत्ती ननिभोस्

७ कार्तिक २०७७, शुक्रबार ०६:३४

काठमाडाैं, कात्तिक ७ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बडादसैंकाे अवसरमा देशैभर विद्युत् सेवा थप चुस्त, भरपर्दो र प्रभावकारी बनाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन्।

चाडपर्वका बेला अन्य समयभन्दा विद्युत् खपत बढ्ने भएकाले चनाखो भएर सेवा प्रवाह गर्न तथा विद्युत् प्रवाहमा अनियमित हुन नदिन मन्त्री पुनले निर्देशन दिए।

मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक ब्रजभूषण चौधरी, सोही निर्देशनालयका दीर्घकुमार श्रेष्ठ र भारप्रेषण केन्द्रका निर्देशक सुरेश भट्टराईसँग आज बैठक आयोजना गरी मन्त्री पुनले उक्त निर्देशन दिएका हुन्।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.