विश्वमा कोभिड सङ्क्रमितको संख्या चार करोड १५ लाख नाघ्यो


काठमाडौं, कात्तिक ७ । विश्वमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या चार करोड १५ लाख नाघेको छ। जोन्स हप्किन्स विश्व विद्यालयले दिएको पछिल्लो अपडेटमा संक्रमितको संख्या यतिका पुगेको हो। 

उक्त विश्वविद्यालयका अनुसार विश्वभरी चार करोड १५ लाख ९३ हजार ३९७ जना कोभिड १९ सङ्क्रमित भएका छन्। यस सङ्क्रमणको कारण विश्वभरी ११ लाख ३७ हजार ८७६ व्यक्तिको मृत्यु भएको पनि सो विद्यालयले जानकारी दिएको छ।

यसैबीच विश्वभरी रहेका कुल सङ्क्रमितमध्ये तीन करोड ९ लाख  ६५  हजार भन्दा बढी व्यक्ति कोरोना भाइरस मुक्त भएका बताइएको छ। कोरोना भाइरसको कारण सब भन्दा बढी प्रभावित देश संयुक्त राज्य अमेरिकामा ८५ लाख ८५ हजार भन्दा बढी  व्यक्ति सङ्क्रमित रहेका छन्। 

कोरोना सङ्क्रमणबाट सबैभन्दा धेरै नागरिकको मृत्यु हुने देशमा पनि अमेरिका पर्दछ। उक्त विश्वविद्यालयका अनुसार कोरोना सङ्क्रमणबाट अमेरिकामा दुई लाख २७ हजार ४१९ जनाको मृत्यु भएको छ। उक्त विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा पछिल्ला दिनहरुमा पनि ठूलो संख्याका सङ्क्रमितहरु थपिने गरेका छन्। 

कोरोना  भाइरस सङ्क्रमणबाट भारत र ब्राजिल दोस्रो र तेस्रो स्थानमा परेको छ। भारतमा ७७ लाख ८ हजार भन्दा बढी कोरोना भाइरस सङ्क्रमति रहेका छन्।

ब्राजिलमा करिब ५३ लाख व्यक्ति कोरोना सङ्क्रमित रहेका विश्वविद्यालयले जनाएको छ। रुस चौथो स्थानमा रहेको यहाँ १४ लाख ६३ हजार ३०६ जना सङ्क्रमित छन्।

विश्वको तुलनामा सङ्क्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा छ। भारतमा ६८ लाख ७४ हजार व्यक्तिलाई कोरोना भाइरस निको भएको छ। विश्व स्वास्थ्य संगठनले गत मार्च ११ कोभिड १९ लाई  ‘विश्व महामारी’को घोषणा गरेको थियो। 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope