आईपीएलबाट बाहिरियो चेन्नई

१० कार्तिक २०७७, सोमबार ०७:३०

एजेन्सी, कात्तिक १० । साविक उपविजेता चेन्नई सुपर किंग्स यूएईमा जारी १३औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटबाट बाहिरिएको छ ।

अबुधाबीमा आइतबार राजस्थान रोयलले शीर्ष स्थानको मुम्बई इण्डियन्सलाई पराजित गरेसँगै चेन्नई आईपीएलबाट बाहिरिएको हो ।

राजस्थानले मुम्बईमाथि ८ विकेटको शानदार जित निकालेसँगै प्लेअफमा पुग्ने चेन्नईको समीकरण समाप्त भएको हो ।

चेन्नईले लिगको बाँकी दुई खेल जिते पनि प्ले अफ पुग्ने छैन । चेन्नईले अब दुई खेल खेल्न बाँकी रहेको छ ।

१२ खेलमा मात्र ८ अंक जोडेको चेन्नई तालिकाको पुछारमा छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.