आजको मौसम : सामान्यतया सफा, पहाडी भू-भागमा आंशिक बदली, विस्तारै चिसो बढ्दै

१२ कार्तिक २०७७, बुधबार ०६:४९

काठमाडौं, कात्तिक १२ । देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणाली छैन । हाल विहान र बेलुकाको समयमा विस्तारै चिसो बढ्दै गैरहेको छ, यद्यपी दिउँसोको समयमा तापक्रम घटेर चिसो बढ्ने स्थिति भने छैन ।

हाल देशका पहाडी भू-भागको मौसममा आंशिक बदली रहेको छ । त्यस्तै देशका बाँँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू-भागको मौसममा आंशिक बदली हुने सम्भावना रहेको छ । त्यस्तै देशका अन्य भू-भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

त्यसैगरी आज राती प्रदेश १ र बागमती प्रदेशका पहाडी भू-भागको मौसममा आंशिक बदली हुने सम्भावना रहेको छ । त्यस्तै देशका अन्य भू-भागहरुको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.