माता उतार्ने भन्दै बलात्कार, धामी पक्राउ

१२ कार्तिक २०७७, बुधबार ०७:५५

उदयपुर, कात्तिक १२ । त्रियुगा नगरपालिकाका एक धामी बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

त्रियुगा–१० बोक्सेका पानीट्याङकी निवासी वनझाँक्री ३९ वर्षीय अर्जुन भनिने चूडामणि श्रेष्ठ पक्राउ परेका हुन् ।

पीडितको उजूरीका आधारमा उनलाई पक्राउ गरी जबर्जस्ती करणीमा मुद्दा चलाउन लागिएको उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले जानकारी दिनुभयो ।

उनले माता उतार्ने र झारफुक गर्ने नाममा महिलालाई पटक पटक यौन तथा आर्थिक शोषण गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

उनले आफूलाई गुरुले मानिसलाई कपडा खोल्न लगाएर उपचार गर्न सिकाएकाले त्यसै गर्ने गरेको बयान दिएका छन् ।

अर्जुनसँग मतियारका रुपमा काम गर्ने ४५ वर्षीय एक महिलालाई पनि अनुसन्धानको दायरामा राखिएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.