टु ल्पस अर्थात अमेरिकाको चीनमाथि भारतयीय कार्ड, नेपालमा थप खतरा

१३ कार्तिक २०७७, बिहीबार ०९:३३

एजेन्सी, कात्तिक १३ । एशियाका दुई महाशक्ति राष्ट्र चीन र भारतबीचको सिमा विवादबाट निम्तिएको तिक्तता चरमोत्कर्षमा पुगिरहेकै बखत भारत र अमेरिकाबीच टु ल्पसको तेस्रो श्रृखलमा यसै हप्ता नयां दिल्लीमा ‘ऐतिहासिक’ रक्षा सम्झौता भएको छ ।

आधारभूत आदान प्रदान र सहायता सम्झौता (बेका) भनिएको यो सम्झौतापछि दुई देशले आपसमा महत्वुर्ण सैन्य प्रविधि, भू–रणनीतिक नक्साहरु र भू–उपग्रहसम्बन्धी सूचना तथा तथ्याङ्कहरुको आदानप्रदान गर्न सक्नेछन् ।
यसअघि नै अमेरिकासँग कम्युनिकेसन एण्ड सेक्युरिटी र लजिस्ष्टिक एक्सचेन्ज मेमोरेण्डम एग्रिमेन्ट नामक दुई सम्झौता गरिसकेको भारतले बेका सम्झौतापछि आफू आगामी केही दशकसम्म हिन्द महासागरीय क्षेत्रमा निर्णायक सैन्य महाशक्तिको रुपमा उपस्थित हुने ठानेको छ ।

कतिपय सुरक्षा रणनीतिक विश्लेषकहरुले बेका सम्झौतापछि भारत र चीनबीचको ३५ सय ४० किलोमिटर सिमा क्षेत्रमा निकट भविष्यमै थप आक्रामक झडपहरु हुनसक्ने सम्भावनातर्फ औंल्याएका छन । भारत र चीनबीच यसप्रकारको सैन्य टकराव समग्र दक्षिण एसिया र एशिया प्रशान्त क्षेत्रका लागि चिन्ताको विषय हो । त्यसमाथि हालैका महिनाहरुमा त्यसैपनि चीन–भारत सीमा तनावले दक्षिण एशियालाई नै चिन्तित बनाएको छ ।

दुबै देशका विदेश मन्त्री र रक्षामन्त्रीहरुद्वारा हस्ताक्षरित यो दुई जोड( टु ल्पस) दुई सम्झौता मुख्यतया इण्डोप्यासिफिक क्षेत्रमा चीनको आर्थिक तथा सैन्य प्रभाव कम गर्ने उद्देश्यले पे्ररित छ । यथार्थमा अमेरिका पछिल्ला एक डेढ दशकयता एशियामा आफ्नो प्रभाव निकै खस्केको अवस्था सुधार गर्ने उपायको खोजीमा थियो ।

यसै उद्देश्यले भारत भ्रमणको लगत्तै अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले श्रीलंका, मालदिभ्स र इन्डोनेशियाको समेत भ्रमण गर्ने कार्यतालिका छ ।
पछिल्ला केही वर्षहरुमा चीनको ‘बेल्ट एण्ड रोड’ (बीआरआई) परियोजनाअन्तर्गत श्रीलंकामा अर्बाै डलर लगानी भएर ठूलो बन्दरगाहदेखि विमानस्थलसम्म सञ्चालनमा आएसँगै दुई देशबीचको सम्बन्ध पनि अत्यन्त नजिकिएको अवस्था छ ।

अमेरिकाले अहिलेको भ्रमणमार्फत् चीन–श्रीलंका सम्बन्धबीच आफ्नो प्रभुत्व बढाउन खोजेको स्पष्ट छ । यसैकारण कोलम्बोस्थित चिनियाँ दुतावासले पछिल्लो अमेरिकी गतिविधिलाई ‘श्रीलंकामाथि अमेरिकी दादागिरी’ भन्दै ‘चीन–श्रीलंका सम्बन्धमा हस्तक्षेप गर्ने र श्रीलंकामाथि दादागिरी गर्ने कदमको हामी कडा रुपमा विरोध गर्छाैं’ भन्दै औपारिक विज्ञप्ति मार्फत नै चीनले भत्र्सना गरेको छ । त्यसो त भारतसँगको बेका सम्झौताको लगत्तै नयाँ दिल्लीस्थित चिनियाँ राजदुतावासले पनि कडा विज्ञप्ति जारी गर्दै पोम्पियो र अन्य अधिकारीहरुले कूटनीतिक र अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत सिद्धान्तविपरीत चीन र अन्य मुलुकहरुसँगको उसको सम्वन्ध बिर्गान चाहेको कडा प्रतिक्रिया जनाएका छन् ।

अमरिकाले कोभिड–१९ लाई लिएर चीन र चिनियाँ कुम्युनिष्ट पार्टीको खोइरो खनेको आरोप लगाउंदै दूतावासले अहिलेको अमेरिकी गतिविधि उसको शीतयुद्धकालीन धङ्धङ्ी र वैचारिक पूर्वाग्रह मात्र भएको बताएको छ ।

अमेरिकाद्वारा प्रस्तावित इण्डो प्यासिफिक रणनीतिले यस क्षेत्रका विभिन्न समूह र क्षेत्रमा द्वन्द्व बढाउंदै अमेरिकी प्रभुत्व स्थापना गर्ने कुत्सित ध्येय रहेको आरोप लगाउँदै दूतावासले ‘विश्वले अहिले भोगिरहेको चुनौति र समस्या पार गर्न शान्तिपूर्ण विकास र जीत–जीतको सहकार्य नै उचित बाटो भएको’ सुझाएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.