आजको मौसम : सामान्यतया सफा, पहाडी भू-भागमा आंशिक बदली

१४ कार्तिक २०७७, शुक्रबार ०७:२०

काठमाडौं, कात्तिक १४ । देशका पहाडी भू-भागमा शुक्रबारको मौसममा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । शुक्रबार राति पनि देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

अहिले बिहान देशका उच्च पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । हाल कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.