तातोपानी नाकाबाट दैनिक दुई कन्टेनर सामान ल्याइँदै


काठमाडाैं, कात्तिक १४ । लामो समयपछि खुलेको चीनसँगको व्यापारिक नाका तातोपानीबाट दैनिक दुई कन्टेनर सामान ल्याइएको छ ।

हिजो बिहीबार खुलेको यो नाकाबाट पहिलो दिन दुईवटा कन्टेनर सामान आएको थियो । 

यस्तै आज पनि दुई कन्टेनर सामान आउने तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए । “हिजो पहिलो दिन दुई कन्टेनर सामान आए । आज पनि दुई कन्टेनर सामान आउँछ । त्यसपछि विस्तारै कन्टेनरको संख्या बढ्दै जान्छ,” उनले भने ।

अहिले चीनबाट नेपालमै कन्टेनर ल्याइने गरिएको उनले जानकारी दिए । पहिला उतै (चीनतर्फ) जानुपर्थ्यो । “चिनियाँ ट्रक, कन्टेनर नेपाली भन्सारको यार्डसम्म ल्याउने र त्यहीं अनलोड गर्ने गरिएको छ । अहिले सामान अनलोड गर्न नेपालीहरु उताजानु पर्दैन,” उनले भने ।

गत असोज १९ गते पनि यो नाका खुला भएको थियो तर एक दिन खुलेर बन्द भएको थियो । नेपालबाट गएका कर्मचारीमध्ये तीनजनामा कोरोना संक्रमण पुष्टि भएपछि चीनले सामान ल्याउन बन्द  गराएको थियो । सोही कारण पनि चीनले नेपाली भूमिमै सामान ल्याइदिने गरेको छ । सोही कारण दसैँका लागि सामान अर्डर गरेर पनि व्यवसायीले सामान ल्याउन पाएका थिएनन् ।

२०७२ सालको भूकम्पपछि लामो समय बन्द रहेको यो नाका २०७६ साउनदेखि खुला भएको थियो । तर, चीनमा कोरोना भाइरसको संक्रमण विस्तार भएपछि गत वर्ष माघदेखि नै यो नाका बन्द थियो ।

करिब आठ सय ट्रक, कन्टेनर सामान रोकिएको हुन सक्ने खत्रीले बताए । अब नाका नियमित भएपछि विस्तारै सबै सामान आइपुग्ने उनले बताए । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope