राष्ट्रिय फुटबल टीमका पाँच खेलाडीमा कोरोना संक्रमण, मैत्रीपूर्ण खेल गुमाउने


काठमाडौं, कात्तिक १४ । राष्ट्रिय फुटबल टिमको प्रशिक्षणमा बोलाईएका थप एक जना खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहिबार साँझ प्राप्त रिपोर्ट अनुसार राष्ट्रिय फुटबल टिमका थप एक सदस्यमा कोरोना पुष्टि भएको हो ।

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपालले बिहिबारबाट प्रशिक्षण सुरु गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ३४ खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएको थियो ।

एन्फाले बिहिबार अपरान्ह दिएको जनकारी अनुसार प्रारम्भिक रुपमा चार जनामा कोरोना संक्रमण देखिएको थियो ।

बिहिबार साँझ प्राप्त रिपोर्ट अनुसार थप एक जना खेलाडीमा पनि संक्रमण देखिएको हो ।

योसंगै राष्ट्रिय फुटबल टिमको प्रशिक्षणमा बोलाईएका ५ जनामा कोरोना संक्रमण देखिएको छ ।

एन्फाले बुधबारसम्म सम्पूर्ण खेलाडीलाई काठमाडौंमा उपस्थित हुन आग्रह गरेको थियो । काठमाडौं आउने बित्तिकै एन्फाले खेलाडीको कोरोना परिक्षण गराएको थियो ।

संक्रमित खेलाडीलाई एन्फाले बेग्लै एकान्तवासमा राखेको छ ।

कोरोना महामारीका कारण घरेलु फुटबल ठप्प रहेको अवस्थामा एन्फाले खेलाडीलाई चलायमान बनाउन मैत्रीपूर्ण खेलको तयारी अघि बढाएको हो । कोरोनाका कारण गत चैतबाट खेलाडीहरु मैदान फर्कन पाएका थिएनन् ।

बंगलादेशको प्रस्ताव स्विकार गर्दै एन्फाले खेलाडीको अभ्यास सुरु गरेको हो ।

नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशमा दुई मैत्रीपूर्ण खेल खेल्दैछ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope