३ हजार ५१७ नयाँ संक्रमित थपिए, ४ हजार ९६ जना संक्रमण मुक्त; १६ जनाको मृत्यु

१४ कार्तिक २०७७, शुक्रबार १७:२३

काठमाडौं, कात्तिक १४ । शुक्रबार कोरोना भाइरसका थप ३ हजार ५१७ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५१७ जनामा संक्रमण पुष्टि भएको हो ।

१४ हजार ९८९ जनाको परीक्षण हुँदा २ हजार १५६ पुरुष र १ हजार ३६१ महिला गरी ३ हजार ५१७ जनामा संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार ४ हजार ९६ जना संक्रमण मुक्त भएका छन् ।

यसँगै हालसम्म संक्रमित हुनेको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ भने निको हुनेको संख्या १ लाख २८ हजार ९५८ पुगेको छ ।

शुक्रबार सक्रिय संक्रमितको संख्या केही घटेर ३८ हजार ३५७ मा झरेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.