दशैंमा उपत्यका छोड्ने र भित्रिनेको संख्यामा उल्लेख्य कमी


काठमाडौं, कात्तिक १४ । गत वर्षको दशैंको तुलनामा यो वर्ष काठमाडौं उपत्यका छोड्ने र भित्रिनेको संख्यामा कमी देखिएको छ ।

कोरोना संक्रमणको महामारीका कारण विगत वर्षहरुको दशैंको समयमा हुने यात्रुहरुको आवागमनभन्दा यो वर्ष कम देखिएको हो । गत वर्ष दशैंअघि उपत्यकाबाट ११-१२ लाखको हाराहारीमा यात्रुहरु बाहिरिने गरेको भएपनि यो वर्ष न्यून संख्यामा यात्रुहरु उपत्यकाबाट बाहिरिएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालकाअनुसार यो वर्ष एक लाखलेमात्रै उपत्यका छोडेका छन् । ‘लकडाउन’ र त्यसअघिको अवधिमा अधिकांशले उपत्यका छोडेको र कोभिड-१९ का कारण धेरैले यात्रा नगरेकाले यो वर्ष दशैं-तिहारका लागि उपत्यका छोड्नेको संख्या न्यून रहेको उहाँले बताउनुभयो ।

अहिले दैनिक करिब पाँच हजार मान्छेहरु उपत्यका भित्रिरहेकाले बसपार्कलगायत बजार क्षेत्रमा विगतजस्तो भिड नभएको पनि उहाँले बताउनुभयो । ट्राफिक प्रहरीले अहिले सवारी-साधनमा जोर-बिजोर कायम गर्ने, भौतिक दूरी कायम गराउने, भिडभाड नियन्त्रण गर्ने र बढी भाडा लिने सवारीलाई कारबाही गरिरहेको छ ।

दैनिक आठओटा टोलीलाई यात्रुको भेषमा खटाएर सार्वजनिक सवारीहरुमा तोकिएभन्दा बढी भाडा लिए/नलिएको अनुगमन गरिरहेको उहाँले बताउनुभयो । अहिलेसम्म बढी भाडा लिने २१५ ओटा सार्वजनिक सवारीलाई कारबाही गरिएको पनि उहाँले बताउनुभयो ।

उपत्यकामा ६६ ठाउँमा नियमितरुपमा मादकपदार्थ सेवन (मापसे) चेकजाँच भइरहेकोमा अहिले उपत्यका बाहिरिने थप नौओटा नाकामा समेत चेकजाँचमा कडाइ गरिएको प्रमुख ढकालले बताउनुभयो ।

दशैं अवधिमा तीन हजार ११५ सवारीचालकलाई कारबाही गरिएको बताउँदै प्रमुख एसएसपी ढकालले गत वर्षको दशैंको अवधिको तुलनामा यो वर्ष कम दुर्घटना भएको बताउनुभयो । गत वर्ष दशैं अवधिमा ४३४ ओटा दुर्घटना भएकोमा यो वर्ष ३२० ओटा दुर्घटना भएका छन् ।

लकडाउनअघि यो वर्ष दुर्घटनामा परी १०४ जनाले ज्यान गुमाएकोमा लकडाउनपछिको अवस्थामा ६४ जनाको मृत्यु भएको छ । सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्यामा पनि ४० प्रतिशतले कमी आएको उहाँले बताउनुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope