आजको मौसम : सामान्यतया सफा, पहाडी भू-भागमा आंशिक बदली

१५ कार्तिक २०७७, शनिबार ०६:३७

काठमाडौं, कात्तिक १५ । हाल देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणाली छैन । अहिले देशका पहाडी भू-भागको मौसममा आंशिक बदली रहेको छ ।

त्यस्तै बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ ।

अन्य भू-भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ। त्यसैगरी आज राती प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने सम्भावना देखिएको छ ।

त्यस्तै अन्य भू-भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.