कोरोनाको सकसः मौन सरकार

१५ कार्तिक २०७७, शनिबार ११:०७

विश्वव्यापी महामारी भएको कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या लाखौँमा उकालो लाग्दैछ । नेपालमा पनि यसको संक्रमण दर अपत्यारिलो हिसाबले बढिरहेको छ । यतिबेला हजारौँ मानिस होम आइसोलेसनमा बसिरहेका छन् भने कैयाैं अस्पतालका आइसियू र भेन्टिलेटरमा छट्पटाइरहेका छन । तर कतिपय मानिसहरु जो घरको आइसोलेसनमा सिरियस नै भएर थप उपचारका लागि अस्पताल जाँदा समेत त्यहाँ बेड नपाएर तथा डाक्टरले नेहेरिदिँदा अनाहकमै ज्यान गुमाउन बिवस छन् । जनताको जिम्मेवार निकाय सरकार भने संख्यामै यतिले ज्यान गुमाए र यति संक्रमित थपिए भन्ने समाचार सुनाउन मस्त छ । सुरुवातको समयमा सरकारको कामकार्वाही तथा यसले अवलम्बन गरेका नितिनियमहरु प्रशंशा गर्न योग्य थिए ,तर जब सरकारले हात उठायो तब जनतामा त्रास र अन्यौलता झनै फैलिँदा सरकार किन जिम्मेवारी बाट हट्यो, जन जनले प्रश्न गरिरहेका छन् ।

सूरुआती चरणमा कोरोना संक्रमित देखिँदा दलबलका साथ संक्रमित भएकै ठाउँमा लिन गई सुरक्षित तरिकाले उनीहरुको व्यवस्थापन गर्ने सरकार हिजो आज पाइलै पिच्छे संक्रमित थपिँदा समेत बेखबर छ । सुरुवातको त्यो तदारुकता र अहिलेको अवस्था हेर्ने हो भने आकाश पातालको फरक छ, सरकार दशैंलाई बिषय बनाएर जनतामाथि दोष थोपर्नेमा देखिएको छ । सुरुआती चरणमा जस्तो अहिले सरकारले कन्ट्रयाक ट्रेसिङमा परेकाहरुलाई समेत सोधीखोजी गर्न छोडेको छ । हिजोआज कन्ट्रयाक ट्रेसिङमा परेकाहरु कतिपय आफैँ संक्रमित भई होम आइसोलेसनमा बसेर निको भइन्जेलसमेत सरकार बेखबर छ । न उनीहरुलाई कुनै फोन कल नै आएको छ न त घरमा बसेर अवलम्बन गर्नुपर्ने उपायको बारेमा कुनै जानकारी नै दिइएको छ । दिइए पनि त्यस्ता सूचना सिमित क्षेत्रमा मात्र समेटिएका छन् ।

बेर्पवाहा ढंगले देश अघि बढेको छ । अहिलेको अवस्थामा २३ प्रतिशत संक्रमण दरले कोरोना बढीरहकेको छ । सर्वसाधारणको दैनिकी कठिन बन्दै गएको छ । दैनिकी गुजार्न भए पनि सर्वसाधारण र मजबुरी गर्नेहरु काममा फर्किन थालेका छन् । सरकारको यस किसिमको उदासिनता र ढिलासूस्तीले धेरै नागरिकको जीवन तहननहस हूने देखिन्छ । झन निम्न वर्गका र सूचनामा पहुँच नहुनेहरुको अवस्था झनै कहालिलाग्दो होला ? न सरकारको यस बारेमा ध्यान गएको छ न नै यो विषयमा बहस गर्न कसैलाई फूर्सद नै छ । के सरकारको दायित्व यही हो ?

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.