रोनाल्डो कोरोनाबाट मुक्त

१५ कार्तिक २०७७, शनिबार ०६:३३

एजेन्सी, कात्तिक १५ । इटालियन क्लब युभेन्ट्सका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो कोरोना भाईरसको संक्रमणबाट मुक्त भएका छन् ।

युभेन्ट्सले शुक्रबार रोनाल्डो कोरोना संक्रमणबाट मुक्त भएको जनाएको छ । रोनाल्डोको पछिल्लो रिपोर्ट नेगेटिभ आएको युभेन्ट्सले जनाएको छ ।

कोरोना देखिएको १९ दिनपछि रोनाल्डो कोरोना मुक्त भएका हुन् । नेसन्स लिग खेल्न पोर्चुगल पुगेका रोनाल्डोलाई अक्टोबर १४ मा कोरोनाको संक्रमण देखिएको थियो ।

कोरोना संक्रमित भएपछि रोनाल्डो दुई साता भन्दा बढीबाट मैदान बाहिर रहदै आएका छन् । नेसन्स लिग अन्तर्गत स्विडेनसँगको खेल अघि रोनाल्डोलाई कोरोना देखिएको थियो ।

३५ वर्षीय फरवार्डले स्विडेनसँगको खेल गुमाएका थिए । यस्तै सिरी ‘ए’ को दुई र च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको दुई खेल गुमाएका थिए ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.