विश्वमा एकैदिन २ लाख ५१ हजार संक्रमण मुक्त, निको हुने दर ७२ प्रतिशत


काठमाडौँ, कात्तिक १५ । विश्वभर एकैदिन २ लाख ५१ हजारभन्दा बढीले कोरोना जितेका छन् ।

कोरोना भाइरसको महामारी सुरू भएको १० महिनामा विश्वभर संक्रमित भएका ४ करोड ५८ लाखभन्दा बढीमा संक्रमण भएको छ । यो समाचार तयार पार्दासम्म ३ करोड ३२ लाख ३७ हजार ७६४ जना संक्रमण मुक्त भएका छन् । अर्थात् कुल संक्रमितको ७२.२४ प्रतिशत मानिसले कोरोनालाई जितेका छन् ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख ७३ हजार १७३ जनामा संक्रमण भएको छ । यो समाचार तयार पार्दासम्म विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड १४ लाख ६० हजार नाघेको छ । त्यसमध्ये ८३ हजार १९१ जनाको अवस्था गम्भीर छ । यस्तै पछिल्लो २४ घण्टामा ७ हजार ४८५ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ११ लाख ९३ हजार २१२ पुगेको छ ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा ९३ लाख १५ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ८१ लाख ३६ हजार नाघेको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५५ लाख १९ हजार पुगेको छ । ब्राजिल विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ६३ हजार ९० जनाको मृत्यु भएको छ । ९७ लाख ११ हजार ७४८ जना संक्रमित भएकोमा ३७ लाख २३ हजार ५६० जना संक्रमणमुक्त भएका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope