अमेरिका निर्वाचन : ट्रम्प र बाइडेनको चुनावी अभियान तीव्र


एजेन्सी, कात्तिक १६ । निर्वाचन मिति नजिकिदै जाँदा राष्ट्रपतिका दुई उम्मेदवारले अमेरिकामा चुनावी सभा तीव्र पारेका छन ।

नोभेम्बर ३ मा हुने निर्वाचनका लागि वर्तमान रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति समेत रहेका डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले चुनावी अभियान तीव्र पारेका हुन् ।

अघिल्लो चुनावमा ट्रम्पले दश अंकको फराकिलो जित हासिल गरेको आयोवामा बाइडेन राष्ट्रपति ट्रम्पमाथि आक्रमक रुपमा प्रस्तुत भएका छन । बाइडेनले शुक्रबार विस्कनसिन र मिनेसोटामा चुनावी सभा गरेका छन् । मिनेसोटाको चुनावी सभामा बाइडेनलाई ट्रम्पका समर्थकले अवरोध गर्ने प्रयास समेत गरेका छन् ।

चार वर्ष पहिलेको चुनावमा हिलारी क्लिन्टनको पक्षमा गएका मिनेसोटामा ट्रम्पले समर्थन जुटाउने प्रयास गरेका छन् । ट्रम्पले पछिल्ला दिनमा डेमोक्रेटिक राज्यहरु मिशिगन, विस्कनसिन र पेन्सिलभेनियामा आफुलाई केन्द्रित गरेका छन् ।

अमेरिकामा मंगलबार राष्ट्रपतिसँगै सिनेट, हाउस अफ रिप्रिजेनटेटिभ, राज्यका संसद, गभर्नरसहितका लागि मतदान हुँदैछ । निर्वाचन मंगलबार भएपनि ८ करोड ८५ लाख भन्दा बढि अग्रिम मत खसिसकेको छ । मतसर्वेक्षणहरुमा बाइडेन ट्रम्प भन्दा अघि देखिएका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope