आईपीएलमा हैदराबादले बेङ्ग्लोरलाई ५ विकेटले हरायो


एजेन्सी, कात्तिक १६ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई ५ विकेटले हराएको छ । 

यूएईको सारजाहमा बेङ्ग्लोरले दिएको १ सय २१ रनको लक्ष्य हैदराबादले १४ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो ।  हैदराबादको जितमा रिद्धिमान शाहले ३९ र मनिस पाण्डेले २६ रन जोडे । यस्तै जासन होल्डर २६ रनमा अविजित रहे ।

बेङ्ग्लोरका युजभेन्द्र चाहलले २ विकेट तथा वासिंगटन सुन्दर र नाभदिप शैनीले १/१ विकेट लिए ।  यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय २० रन बनाएको थियो । 

बेङ्ग्लोरका लागि जोस फिलिपेले ३२, एबी डी भिलियर्सले २४ रन जोडे । त्यस्तै वासिंगटन सुन्दरले २१ रन बनाए । गुर्किरात सिंहले अविजित १६ रन बनाए ।  कप्तान विराट कोहली ७ रनमा आउट भए । हैदराबादका सन्दीप शर्मा र जासन होल्डरले २/२ विकेट लिए । यस्तै राशिद खान, शबाज नदीम र टि नटराजनले १/१ विकेट लिए । 

जितसँगै हैदराबाद तालिकाको चौंथो स्थानमा उक्लिएको छ । हैदराबादले १३ खेलमा १२ अंक जोडेको छ । हैदराबादले प्ले अफ पुग्ने सम्भावना कायम राखेको छ ।  बेङ्ग्लोरलाई प्ले अफ पुग्न अन्तिम खेल कुर्नुपर्ने भएको छ । बेङ्ग्लोरले १३ खेलमा ७ जितसहित १४ अंक जोडेको छ । बेङ्ग्लोर दोस्रो स्थानमा रहेको छ । बेङ्ग्लोरले अन्तिम खेलमा दिल्ली क्यापिटल्ससँग खेल्नेछ ।
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope