इङ्ग्ल्यान्डमा आउँदो बिहिबारदेखि दोस्रो चरणको लकडाउन हुने

१६ कार्तिक २०७७, आईतवार १०:२३

एजेन्सी, कात्तिक १६ । इङ्ग्ल्यान्डमा दोस्रो चरणको लकडाउन हुने भएको छ । 

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि प्रधानमन्त्री बोरिस जोनसोनले इङ्ग्ल्यान्डमा दोस्रो चरणको लकडाउन घोषणा गर्नुभएको हो ।

उहाँका अनुसार आउँदो बिहिबारदेखि कार्यान्वयनमा आउँने दोस्रो चरणको लकडाउनमा पब्स, रेष्टुरेन्ट, जीमलगायत अति-आवश्यक नपर्ने व्यवसाय ४ हप्ताको लागि बन्द हुनेछ ।

तर स्कुल, कलेज र विश्वविद्यालय भने खुल्न पाउनेछन् । डिसेम्बर दुई तारिखदेखि लकडाउन केही खुकुलो बनाइने पनि उनले बताए ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.