जर्मनीमा कोरोना संक्रमितको संख्या ५ लाख नाघ्यो

१६ कार्तिक २०७७, आईतवार ०८:५५

एजेन्सी, कात्तिक १६ । जर्मनीमा कोरोना भाइरसका संक्रमितको संख्या पाँच लाख नाघेको छ ।

२४ घन्टा यता १९ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएँसँगै जर्मनीमा कोरोना संक्रमितको संख्या ५ लाख १८ हजार ७ सय नाघेको हो ।

जर्मनीमा कोरोना संक्रमण शुरु भएदेखिको यो नै सबैभन्दा ठूलो संख्या भएको बताइएको छ । जर्मनीमा संक्रमणको दोस्रो लहर देखिएको छ । गत २४ घन्टामा संक्रमणबाट कम्तीमा पनि एक सय तीन जनाको मृत्यु भएको छ ।

यो सँगै यहाँ यस कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार ४ सय ५२ जना पुगेका छन् । जर्मनीमा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप बढेपछि कतिपय क्षेत्रमा कडा खालका प्रतिबन्धहरु लगाइएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.