बेन्जिमा चम्किदा रियल शीर्ष स्थानमा


एजेन्सी, कात्तिक १६ । साविक विजेता रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

घरेलु मैदानमा शनिबार राति एसडी हुयस्कालाई ४-१ गोल अन्तरले पराजित गर्दै रियल शीर्ष स्थानमा उक्लिएको हो । रियलको जितमा करिम बेन्जिमाले दुई गोल गरे । यस्तै इडेन हाजार्ड र फेड्रिको भाल्भर्डेले एक एक गोल गरे ।

हुयस्काका डेभिड फेरिरियोले एक गोल फर्काए । पहिलो हाफको ४० औं मिनेटमा हाजार्डको गोलबाट रियलले अग्रता बनाएको थियो । चोट मुक्त हुँदै सिजनको पहिलो लिग खेल खेलेका हाजार्डले पहिलो खेलमै गोल गरेका हुन् ।

खेलको ४५ औं मिनेटमा बेन्जिमाले गोल गर्दा रियलले २-० को अग्रता बनायो । खेलको ५४ औं मिनेटमा फेड्रिकोले गोल गर्दै रियलको अग्रता ३-० को बनाए । खेलको ७५ औं मिनेटमा पाहुना टोलीका डेभिडले गोल गर्दै खेल ३-१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको ९० औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ४-१ को जित दिलाए । जितसँगै शीर्ष स्थानमा उक्लिएको रियलले ७ खेलमा १६ अंक जोडेको छ । रियलले सोसिडाडलाई २ अंकले पछि पार्दै शीर्ष स्थान ओगटेको हो । हुयस्का ८ खेलमा ५ अंक जोडेर तालिकाको १८ औं स्थानमा रहेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope