मुख्यमन्त्री शाही मन्त्रिपरिषद हेरफेरबाट पछि हटे


काठमाडौं, कात्तिक १६ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही मन्त्रिपरिषद हेरफेरको तयारीबाट पछि हट्नु भएको छ ।

नेकपा कर्णाली प्रदेश संसदीय दलका नेतासमेत रहेका शाहीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुलाई मन्त्री बनाउने तयारी गर्नुभएको थियो ।

नेता नेपाल समूहसँग भएको पूर्वसहमति अनुसार मन्त्री हेरफेर गर्न बिहानैदेखि छलफल गरेपनि चौतर्फी दवाव आएपछि मुख्यमन्त्री शाही आफ्नो निर्णयबाट पछि हट्नुभएको हो ।

उहाँले हिजो साँझ प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली निकट रहेका सामाजिक मन्त्री दल रावल र पर्यटन मन्त्री नन्दसिंह बुढालाई राजीनामा दिन दवाव दिनुभएको थियो ।

तर प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई हतारमा राजीनामा नदिन निर्देशन दिएपछि मन्त्री शाही आफ्नो निर्णयबाट पछि हट्नुभएको हो ।

शाहीले मन्त्री रावल र बुढालाई हटाएर नेपाल समूहका तीन जनालाई मन्त्री बनाउने तयारी गर्नुभएको थियो ।

कर्णाली प्रदेशको सात सदस्यीय मन्त्रिपरिषद्मा हाल भौतिक पूर्वाधार तथा विकास मन्त्रालय रिक्त छ । बैंकिङ कसुरको आरोपमा खड्कबहादुर खत्री पदमुक्त भएपछि उक्त मन्त्रालय पनि मुख्यमन्त्री शाहीले नै सम्हाल्दै आउनुभएको छ ।

मुख्यमन्त्री शाहीलाई आफूबाहेक सबै पुराना मन्त्रीले राजीनामा दिएर नयाँ मन्त्रीलाई नियुक्त गर्नुपर्ने दवाव केन्द्रले दिएपछि मन्त्रिपरिषद हेरफेर केही दिनलाई स्थगित भएको हो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope