आंशिकदेखि सामान्य बदली, केही स्थानमा हल्का बर्षाको सम्भावना


काठमाडौं, कात्तिक १७ । देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणाली हाललाई छैन ।

हाल प्रदेश न १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहेको छ ।

त्यस्तै बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश न १ र कर्णाली प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ ।

त्यस्तै बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदुरपश्चिम प्रदेशका पहाडी क्षेत्र र प्रदेश न २ को मौसममा आंशिक बदली हुने सम्भावना रहेको छ ।

त्यसैगरी देशका अन्य भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै प्रदेश न १ र कर्णाली प्रदेशका थोरै स्थानहरुमा र गण्डकी प्रदेश, लुम्विनी प्रदेश र सुदुपश्चिम प्रदेशका एक, दुइ स्थानमा हल्का बर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती प्रदेश १ को पहाडी भू–भागको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ ।

गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागको मौसममा आंशिक बदली हुने सम्भावना रहेको छ ।

देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश न १ र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक, दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope