वि.सं. २०७७ कात्तिक १७। सोमवार। इ.स. २०२० नोभेम्बर २। ने.सं. ११४० कौलागा। कार्तिक कृष्णपक्ष। द्वितीया, २३:३२ उप्रान्त तृतीया।
मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काममा राम्रो सुरुवात हुनेछ तर अन्त्यमा सोचेजस्तो नतिजा नआउन सक्छ। धेरै बोल्दा गोपनीयता बाहिरिन सक्छ। विभिन्न अवसर प्राप्त हुनेछन् तर काम पूरा गर्न समय लाग्नेछ। आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला। शुभचिन्तकहरूको साथ भने पाइनेछ। लगनशीलताले मात्र संकल्प पूरा गर्न सकिनेछ। प्रयत्न गर्दा प्रतीक्षा गरिएको काम बन्न सक्छ।
वृष – TAURUS इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। तर लोकाचारका लागि फजुल खर्च हुन सक्छ। सुमधुर सम्बन्धका लागि सजग रहनुहोला। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।
मिथुन – GEMINI का, कि, कु, घ, ङ, छ, के, को, ह
खर्च लागे पनि लगानीको अवसर जुट्न सक्छ। दिगो योजनाका लागि ऋण लिने समय छ। छिमेकमा केही असमझदारी देखिएला। बिनाकारण साथीभाइ टाढिन सक्छन्। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। शुभचिन्तकहरूका माध्यमबाट कर्जाको धन हातलागी हुनेछ।
कर्कट – CANCER हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आयआर्जनका स्रोत बढ्नेछन् र प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। पछिका लागि गरिएको लगानीले अवश्यै फाइदा दिनेछ। कामको राम्रै मूल्यांकन हुनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ।
सिंह – LEO मा, मि, मु, मे, मो, टा, टि, टु, टे
ठूलो उपलब्धि प्राप्त गर्न केही कुरा गुमाउनुपर्ने हुन सक्छ। काममा लगानी बढाउनुपर्ला। मिहिनेतले नाम, दाम र इनाम पनि दिलाउनेछ। सोखले दैनिकी खर्चिलो हुनेछ। तापनि विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। फाइदा कमै भए पनि तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ।
कन्या – VIRGO टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मिहिनेत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ। धार्मिक अनुष्ठान र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।
तुला – LIBRA र, रि, रु, रे, रो, ता, ति, तु, ते
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। बेसुरमा काम गर्ने बानीले समस्या निम्त्याउन सक्छ। समयमा गम्भीर नबन्दा दु:ख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। कामको चाप बढ्नेछ भने बाध्यात्मक परिस्थितिले सताउने समय छ।
वृश्चिक – SCORPIO तो, ना, नि, नु, ने, नो, या, यि, यु
रमाइलो परिवेश देखिए पनि घर-गृहस्थीमा समस्या आउन सक्छ। मानसम्मान प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्नेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि सजग रहनुहोला। रमाइलो यात्राको योग देखिए पनि मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा पुग्न विलम्ब हुनेछ। लोकाचारका लागि फजुल खर्च बढ्न सक्छ। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत प्रतीक्षा गर्नुहोला।
धनु – SAGITTARIUS ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
व्यापारलगायत आर्थिक लाभ हुने काममा जुट्ने समय छ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। तर सोखले खर्च बढाउनेछ भने समय दिन नसक्दा प्रतीक्षा गरिएको नतिजा कमजोर रहनेछ। दिगो कामलाई केही समय पर्खनुपर्ला। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ।
मकर – CAPRICORN भो, ज, जि, खि, खु, खे, खो, गा, गि
शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ।
कुम्भ – AQUARIUS गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। बाहिरी काम छोडेर पनि आफन्त र परिवारलाई समय दिनुपर्ला। कृषि तथा पशुधनले मनग्गे फाइदा दिलाउनेछ। रोकिएका काममा भने दोहोर्याएर प्रयत्न गर्नुपर्ला। बगैंचा, फूलबारी र घरको साजसज्जामा समय बित्नेछ। टाढिएका आफन्त, साथीभाइ नजिकिन सक्छन्। दोहोर्याएर प्रयत्न गर्दा लक्ष्यमा पुगिनेछ।
मीन – PISCES दि, दु, थ, झ, ञ, दे, दो, च, चि
विभिन्न अवसर प्राप्त भए पनि परिस्थिति सोचेजस्तो सहज नरहला। चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ। बलभन्दा बुद्धिको उपयोगले काम बन्नेछ। अप्ठ्यारो पर्दा मान्यजन तथा अग्रजहरूले साथ दिनेछन्। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। लाभांश खर्च भए पनि व्यापार बढ्नेछ। प्रतिस्पर्धीलाई उछिन्न सकिनेछ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com