इजरायलले पनि सुरु गर्‍याे कोरोना भाइरसविरुद्धको खोप परीक्षण


एजेन्सी, कात्तिक १७ । इजरायलले आइतबार एउटा कोरोनाभाइरस खोपको क्लिनिकल परीक्षण सुरु गरेको अधिकारीहरूले बताएका छन्।

साथै इजरायल सरकारले कोभिड-१९ सङ्क्रमण रोक्न लिएका नियन्त्रणका उपायलाई पनि खुकुलो पार्ने बताएको छ।

“हामी सुरुङकाे अन्त्यमा प्रकाश देख्न सक्छौं,” प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले तेल अवीव नजिकै शेबा मेडिकल सेन्टरमा पत्रकारहरूसँग भने।

महामारीको सुरुमै नेतान्याहूले इजरायल इन्स्टिच्युट फर बायोलोजिकल रिसर्च (आईआईबीआर) लाई कोभिड-१९ भाइरसविरूद्ध खोप विकास गर्न निर्देशन दिएका थिए।

खोपको सुरुआत शेबा मेडिकल सेन्टर र जेरूसेलमको हद्दास मेडिकल सेन्टरमा कार्यरत दुई स्वयम्सेवकलाई दिएर आइतबार गरिएको हो।

इजरायलले पहिलो चरण ८० जनामा खोपको परीक्षण गर्नेछ भने दोस्रो चरणमा ९८० जनामा परीक्षण गर्नेछ र अन्तिम चरणमा अप्रिल वा मेसम्ममा तेस्रो अर्थात् अन्तिम परीक्षण २५ हजार व्यक्तिमा गर्ने बताइएको छ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार इजरायली परीक्षण विश्वव्यापी रूपमा परीक्षण भइरहेका अग्रणी ४० खोपहरुमध्ये एक हो।

इजरायलमा अहिलेसम्म कूल तीन लाख १४ हजार व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ भने दुई हजार ५४१ व्यक्तिको मृत्यु भएको छ।

इजरायलले आइतबारदेखि प्राथमिक तहमा पढ्ने विद्यार्थीका लागि आफ्नो पढाइका लागि विद्यालय जान अनुमति प्रदान गरेको छ। रासस/एएफपी


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope