काठमाडौं उपत्यकामा एक हजार ६३० संक्रमित थपिए


काठमाडौं, कात्तिक १७ । गत २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ६ सय ३० जना कोरोना संक्रमित थपिएका छन्।

एकै दिन भेटिएका २ हजार ९ सय ३३ मध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार ६ सय ३० जना थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

काठमाडौंमा १ हजार ३ सय २९, भक्तपुरमा १ सय ८ र ललितपुरमा १ सय ९३ जना संक्रमित भेटिएका हुन्। योसँगै काठमाडौंमा ६४ हजार ५ सय ४६, भक्तपुरमा ५ हजार ९ सय ३ र ललितपुरमा ९ हजार १ सय ५१ जना संक्रमित पुगेको छ। 

हालसम्म काठमाडौंमा २ सय ४३, भक्तपुरमा ६७ र ललितपुरमा ६३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। 
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope