प्रस्तावित राजदूतहरुविरुद्ध उजुरी दिने सम्पर्कबिहीन, संसदीय सुनुवाई २७ गते हुने

१७ कार्तिक २०७७, सोमबार १७:२५

काठमाडौ, कात्तिक १७ । विभिन्न देशका लागि प्रस्तावित राजदूतहको संसदीय सुनुवाई कार्तिक २७ गते हुने भएको छ ।

अमेरिकाका लागि डा. युवराज खतिवडा, बेलायतका लागि लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि निर्मल कुमार विश्वकर्मालाई राजदूतमा सिफरिस गरिएकोमा सुनुवाई हुन बाँकी रहेको छ । प्रस्तावित राजदूतहरु विरुद्ध समितिमा चारवटा उजुरी परेका छन ।

तर उजुरीकर्ताहरु नै सम्पर्कमा नआएपछि सुनुवाई रोकिएको हो । यसअघि कार्तिक ४ गते गोरखापत्रमा सार्वजनिक सूचना नै जारी गरेर उजुरीकर्ताहरुलाई सम्पर्कमा आउन भनिएको थियो । संसदीय सुनुवाई समिति सभापति लक्षमणलाल कर्णले उजुरीकर्ताहरु नआएपछि २७ गतेका लागि अर्को सुनुवाईको मिति तोकेका छन् ।

गत असोज १६ गते मन्त्रिपरिषदको बैठकले खतिवडालाई अमेरिका, रेग्मीलाई बेलायत र विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । राजदूतहरुको नियुक्ति सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.