मेक्सिकोमा ४ फिट अग्लो मुसा भेटिएपछि भागदौड मच्चियो


एजेन्सी, कात्तिक १७ । मेक्सिकोमा ४ फिट अग्लो मुसा भेटिएपछि मानिसहरुमा भागदौड मच्चिएको छ ।

गत शुक्रबारको भारी वर्षापछि मेकिसको सिटिको एक नालीमा निकै डरलाग्दो मुसा भेटिएको थियो । नाली सफा गर्दै गरेका कामदारहरूले नालामा डुबेको एक ठूलो मुसो देखे ।

पहिलो पटक मसा देख्दा डराएका कामदमरहरुले नजिकै गएर त्यसलाई बाहिर निकाल्ने प्रयास गरे । जसमा कामदारहरुले पत्ता लगाए कि त्यो मुसो वास्तवमा नक्कली थियो जुन हेलोवीन प्रोपमा प्रयोग भएको थियो । इभेलिन लोपेज नाम गरेकी एउटी महिलाले उक्त मुसो आफ्नो भएको दावी गर्दे वर्षौं पहिले आएको आँधीबेहरीमा हराएको बताइन् । उनले भनिन्, नालाहरुमा खोजीका लागि सहयोग मागेका थिए तर कुनै काम भएन ।

नालामा फेला परेको मुसा यति वास्तविक देखिन्थ्यो कि पहिलो पटक मानिसहरूले देख्दा भागदौड समेत मच्चिएको थियो । न्यु योर्क पोष्टका अनुसार केही सामाजिक मिडिया प्रयोगकर्ताहरूले यस वर्षको हेलोवीनको लागि पुनस् पूयोग गर्न सुझाव दिएका थिए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope