कांग्रेस पदाधिकारी बैठक आज, संसद अधिवेशन बोलाउन सरकारलाई दवाव दिने


काठमाडौं, कात्तिक १७ । नेपाली कांग्रेस पदाधिकारी बैठक आज बस्दैछ । बैठकका संसद अधिवेशन बोलाउनेबारे छलफल हुने बताइएको छ ।

सरकारले तत्काल संसद अधिवेशन नबोलाए काँग्रेसको अगुवाइमा अधिवेशनका लागि समावेदन गरिने सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिनुभयो ।

दसैंअघि बसेको नेताहरुको अनौपचारिक बैठकले नै संसद अधिवेशन बोलाउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो ।

असोज १९ गते केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरेर संसदीय दललाई प्रक्रियाका लागि निर्देशन दिने तयारी गरेको थियो ।

असोज १२ गते पौडेल पक्षका २७ केन्द्रीय सदस्यले सभापति देउवाको कार्यशैलीविरूद्ध केन्द्रीय कार्यालयमा विरोध पत्र दर्ता गरेका थिए ।

पार्टीलाई विधानसम्मत सञ्चालन गरी १४ औं महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सिर्जना नगरे थप संघर्षमा उत्रन बाध्य हुने उनीहरुले चेतावनी दिएका थिए ।

यसअघि असोज १९ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक केही केन्द्रीय सदस्यलाई कोरोना पुष्टि भएपछि स्थगित भएको थियो । स्थगित बैठक आगामी शुक्रबार बस्दैछ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope