बाघ र भालुले बाइडेनलाई जिताए


एजेन्सी, कात्तिक १७ । अमेरिकामा राष्ट्रपति चुनावका लागि मतदान हुन १ दिन बाँकी छ । चुनावको अन्तिम घडीमा पनि चुनावी नतिजाको अनुमानले स्पष्ट खाका दिन सकेको छैन ।

विश्वभरका दिग्गज राजनितिक पन्डित यस पटकको चुनाव बर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको जित हुन्छ वा डेमोक्र्याट उम्मेदवार जोय् बाइडेनले बाजी मार्नेछ भन्ने विश्लेषणमै लागिरहेका छन् । धेरैजसो मत सर्वेक्षणले बाइडेन जित्ने प्रक्षेपण गरेपनि यसलाई स्विकार नगर्नेहरु पनि त्यतिकै छन् ।

यसबीच रुसको साइबेरिया स्थित एक चिडियाखानाले अमेरिकी राष्ट्रपतिको चुनावलाई लिएर भविष्यवाणी गरेको छ । यस प्रयोगमा डेमोक्र्याट उम्मेदवार जोय् बाइडेनको पल्ला भारी देखिएको छ । यो भविष्यवाणी गर्ने चिडियाखानाका तीन जनावर हुन् ।

यसमा एक साइबेरियन खैरो भालु, एक सेतो बंगाल बाघ र उनको साथी साइबेरियन बाघ हुन् । यस परिक्षणमा तीनै जना जनावरलाई दुई दुई तरबुजा दिइएको मस्को टाइम्सको एक समाचारमा उल्लेख गरिएको छ । ती दुई मध्य एक मा ट्रम्प र अर्कोमा बाइडेनको तस्विर राखिएको थियो । सेतो बंगाल टाइगर खानले ट्रम्पको तरबुजालाई बेवास्ता गरे र बाइडेनको तरबुजालाई चारै तिर चक्कर लगाए ।

साइबेरियन टाइगर बाराकले पनि बाइडेनको तरबुजामा चासो देखाए र त्यसलाई फोडि नै दिए । त्यसपछि पालो थियो साइबेरियन खैरो भाल बुयानको । बुयानले पनि बाइडेनको तरबुजा नै चुने र आफनो भोजन पनि बताए । यसै चिडियाखानाका एक ध्रुबिय भालुले सन् २०१६ मा हिलारी क्लिन्टनलाई हराएर ट्रम्पले चुनाव जित्ने भविष्यवाणी गरेको थियो ।

यसबीच जोय् बाइडेनले अमेरिकी जनतासँग राष्ट्रपति ट्रम्पलाई पदबाट हटाउन अपिल गरेका छन् । विगत ४ बर्षमा उनले देशलाई विभाजन गरेको र बर्बाद पारेको उनले आरोप लगाए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope