अस्ट्रियाको राजधानी भियनामा ‘आतंकवादी’ आक्रमण


एजेन्सी, कात्तिक १८ । अस्ट्रियाको राजधानी भियनामा आतंकवादी आक्रमण भएको छ । राइफलसहितका बन्दुकधारीले मध्य भियनाका विभिन्न ६ स्थानमा अन्धाधुन्ध गोली चलाएका छन् ।

गोली लागेर कम्तीमा एकजनाको ज्यान गएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अस्ट्रियाका चान्सलर सेबास्टियन क्रूजले प्रतिघाती आतंकारी आक्रमण रहेको बताएका छन् । सुरक्षाकर्मीको गोली लागेर एक बन्दुकधारीको पनि ज्यान गएको छ ।

आक्रमणपछि भियनाको ठूलो क्षेत्रमा प्रहरीको तैनाथी भएको छ । भियनाका मेयरले गोलीकाण्डमा १५ जना घाइते भएका छन् ।

घाइते हुनेमा प्रहरी पनि रहेका छन् । यहुदी प्रार्थना स्थल नजिकै आक्रमण भएको हो, तर सो स्थल निशाना थियो थिएन भन्ने स्पष्ट भएको छैन ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि देशव्यापी रुपमा लागु भएको नया प्रतिबन्धको केही घण्टामै घटना भएको हो । युरोपका नेताहरुले आक्रमणको निन्दा गरेका छन् ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले डरलाग्दो आक्रमणबाट त्रसित भएको बताएका छन् । स्थानीय समय अनुसार सोमबार राति ८ बजेतिर आक्रमण भएको हो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope